तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा रेडियो नेपाल एफएमको परीक्षण प्रसारण शुरु

काठमाडौँ । रेडियो नेपालले एफएम ब्यान्डमा रेडियो नेपालको प्रसारण पहुँच बढाउन दोलखाको चरिकोट सीमपानीमा एफएम रिले केन्द्रबाट यसै सातादेखि परीक्षण प्रसारण सुरु गरेको छ ।
दोलखाको चरिकोट सीमपानीमा स्थापना गरिएको एफएम रिले केन्द्रबाट एफएम १०० मेगाहर्जमा रेडियो नेपालको प्रसारण त्यस वरपरका क्षेत्रमा सहजै सुन्न सकिने भएको छ ।
प्रसारणबाट दोलखाका साथै आसपासका अन्य क्षेत्रमा समेत रेडियो नेपाल एफएम ब्यान्डमा सुनिने भएको प्रसारणमा संलग्न प्राविधिकहरुले बताएका छन् ।
रेडियो नेपालको प्रसारण देशका हरेक भू–भागमा सहज रुपमा सुन्न सक्ने गरी प्रसारण पहुँच बढाउने सरकारको नीति अनुसार आगामी दिनमा देशका अन्य क्षेत्रमा पनि रेडियो नेपालको एफएम प्रसारण बिस्तार गरिँदै लगिने रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर के सी ले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button