तपाईँ सुन्दै हुनुहुन्छः

स्वयंसेवक भूमिकामा NCC क्याडेट परिचालन 

काठमाडौँ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षित एंव व्यवस्थित बनाउने कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित अभिमुखीकरण कक्षाबाट प्रशिक्षित क्याडेटहरु मिति २०७७/१२/१० गतेबाट १० दिनको लागि काठमाण्डौ र भक्तपुर जिल्लाका विभिन्न स्थानहरूमा बिहान ०८:०० बजेबाट १०:०० बजेसम्म र बेलुका १५:३० बजेबाट १८:३० बजेसम्म २ सिफ्टमा परिचालन भइरहेका छन् ।

राष्ट्रिय सेवा दल मुख्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यालयमा मिति २०७७/१२/०८ र ०९ गते NCC Alumni Association Nepal का ५० जना पूर्व दीक्षित क्याडेटहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा दुई दिने ट्राफिक अभिमुखीकरण सम्बन्धी कक्षा सञ्चालन गरिएको थियो ।

राष्ट्रिय सेवा दलले प्रशिक्षित NCC क्याडेटहरुको सहभागितामा विभिन्न मानवीय सेवा तथा विपद्को समयमा स्वयं सेवकको रुपमा परिचालन भई जनचेतनामूलक तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button