तपाईँ सुन्दै हुनुहुन्छः

आफैँले पालेको राँगाले हान्दा एक जनाको मृत्यु

सिन्धुपाल्चोक । आफैँले पालेको राँगाले हान्दा आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँच पोखरी थाङपाल गाउँपालिका ८ लाँगर्चेका ६० वर्षीय मान बहादुर खड्का रहेका छन् । बिउको लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।
खड्काको शवलाई पोष्टमार्टम पश्चात निजको छोरालाई जिम्मा लगाइएको पनि तामाङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button