तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा नीति ठिक नभएसम्म मुलुकको समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ 

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा विकासका लागि अब स्थलगत र अनुसन्धानबाट प्राप्त सुझावलाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शिक्षा पत्रकार समाजले आज ललितपुरमा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले आधारभूत तहमा मातृभाषामा शिक्षा दिलाउन स्थानीय तहले पहल सुरु गर्नुपर्ने भन्नुहुँदै शिक्षा नीति ठिक नभएसम्म मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार स्पष्ट रहेको बताउनुभयो ।

May be an image of 8 people, people sitting and people standing

मन्त्री श्रेष्ठले तराई–मधेसका बालबालिकाका लागि निःशुल्क शिक्षालगायत संवैधानिक हकको कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button