तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालले प्रसारणको मूलभूत मान्यता र राष्ट्रिय दायित्वलाई पुरा गरिरहेको छ : प्रधानमन्त्री

File Photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेडियो नेपालले रेडियो प्रसारणको मूलभूत मूल्य, मान्यता र राष्ट्रिय दायित्वलाई पुरा गरिरहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रमा समेत संवाहकका रुपमा जिम्मेवार प्रसारण सस्थाको भूमिकामा आफूलाई विस्तार गरिरहेको बताउनुभएको छ ।

रेडियो नेपालको ७१ औं बार्षिकोत्सवका अवसरमा सुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री ओलीले रेडियो नेपाल राष्ट्रिय दायित्व बोकेको संस्था भएको उल्लेख गर्नुहुँदै यसले संघीय संरचना अनुकुल र समावेशी प्रकृतिका विषयवस्तु छनोटमा विशेष ध्यान पु¥याउनेमा विश्वास लिएको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button