तपाईँ सुन्दै हुनुहुन्छः

दमौलीमा विभिन्न स्रष्टाहरू सम्मानित

तनहुँ ।  गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको तर्फबाट कवि आत्माराम आचार्यले आज तनहुँको दमौलीमा विभिन्न स्रष्टाहरूलाई सम्मान गर्नुभएको छ ।
२०७७ को क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार वरिष्ठ साहित्यकार प्रा.डा.वासुदेव त्रिपाठीलाई कार्यक्रमका प्रमुख अतिथि कवि आत्माराम आचार्यले प्रदान गर्नुभयो ।
नेपाली भाषा,साहित्य र संस्कृतिमा पुर्‍याएको योगदानको कदर गर्दै डा त्रिपाठीलाई २५ हजार नगदसहित प्रमाणपत्र रहेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार प्रदान गरिएको हो ।
यसैगरी मञ्चले २०७६ सालको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवम् गीतकार स्वर्गीय रत्न शमशेर थापाका छोरा रवीन्द्र शमशेर थापालाई हस्तान्तरण गरेको छ ।
नेपाली गीतसङ्गीत र नेपाली वाङमयमा पुर्‍याएको योगदानको कदर गर्दै स्वर्गीय थापालाई १० हजार नगदसहित प्रमाणपत्रबाट सम्मान गरिएको मञ्चले जनाएको छ ।
त्यसैगरी २०७६ सालको गीतल राष्ट्रिय युवा पुरस्कार छन्द कवि सुदेश सत्याललाई प्रदान गरिएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले जानकारी दिनुभयो ।
७ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्रले युवा कवि सत्याल सम्मानित हुनुभएको हो ।
त्यस्तै २०७६ सालको गीतल प्रतिभा पुरस्कार तनहुँकै लोक गायक वसन्त विश्वकर्मालाई प्रदान गरिएको छ ।
गायक विश्वकर्मा ५ हजार नगद र प्रमाणपत्रसहित सम्मानित हुनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button