तपाईँ सुन्दै हुनुहुन्छः

आज प्रधानमन्त्री ओलीले एकसाथ १ सय ६५ वटा सडक शिलान्यास गर्नुहुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्ने हुनुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सबै संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका दरले सडक शिलान्यास गर्न लागिएको हो ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारबाट आज बिहान ११ः०० बजे सडक शिलान्यास गर्ने कार्यक्रम छ ।

‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ नाम दिइएका यी सडक प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिस गर्नुभएको हो ।

प्रधानममन्त्रीको सचिवालयका अनुसार निश्चित क्राइटेरियाका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदले सिफारिस गरेका सडकहरु छनोट गरिएको हो । नेपालको सडक सञ्जालको क्षेत्रमा यी सडकहरुमा रणनीतिक महत्त्व छ ।

सबै ठाउँमा प्रधानमन्त्रीज्यू पुग्न सम्भव नभएकोले एकै ठाउँबाट शिलान्यास गर्न लागिएको प्रधानमन्त्रीको सचिवलायले स्पष्ट पारेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button