तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा १ सय ६५ वटा सडकको एकैपटक शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट शनिबार बिहान सबै संघीय निर्वाचन क्षेत्रमा एक–एक वटाका दरले सडक शिलान्यास गर्नुभएको हो । सडक तीनवर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।

सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिसमा सडक तय गरिएको हो ।

आज प्रधानमन्त्री ओलीले एकसाथ १ सय ६५ वटा सडक शिलान्यास गर्नुहुँदै

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button