तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य शिविरमा ७ सय जनाले सेवा लिए

सिन्धुपाल्चोक । जिल्लाको थाङपालधापमा आयोजित स्वास्थ्य शिविरमा सात सय जनाले स्वास्थ्य सेवा लिएका छन् ।
कुमारी बैङ्क लिमिटेडको २० औँ वार्षिक उत्सवको अवसरमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
शिविरमा साधारण, हाड, चर्म तथा यौन, दन्त, बाल मनोरोग, स्त्री मधुमेह, नाक कान घाँटीलगायत रोगको परिक्षण तथा औषधी वितरण गरिएको र भिडियो एक्सरेको सेवा रहेको सह–आयोजक थाङपालधाप साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष शिशिर वाइबाले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले उद्घाटन गर्नुभयो ।
स्वास्थ्य शिविरमा काठमाडाँै मेडिकल कलेजका डा।कोमल विक्रम थापा लगायत टिम त्यस्तै मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र र पाँचपोखरी थाङपालका स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरेका थिए ।
गम्भीर प्रकृतिका बिरामी तथा अपरेसन गर्नुपर्नेलाई काठमाडौँ मेडिकल कलेजमा ५० प्रतिशत छुट गरिएको आयोजक कुमारी बैङ्क मेलम्चीका शाखा प्रबन्धक विनोद भक्त श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button