तपाईँ सुन्दै हुनुहुन्छः

साहित्यकार शर्मा अभिनन्दित

काठमाडौँ । अग्रज साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई आज काठमाडौँमा अभिनन्दन गरिएको छ ।

साहित्यिक पत्रकारिताका साथै साहित्य क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै ८४ वर्ष प्रवेशको अवसरमा उहाँलाई आज अभिनन्दन गरिएको हो ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले उहाँलाई दोसल्ला ओढाएर सम्मान गर्नुहुँदै कालजयी र दीर्घजीवीको शुभकामना व्यक्त गर्नुभयो ।

नगेन्द्रराज शर्मा अभिनन्दन समारोह समितिको आयोजनामा भएको कार्यक्रममा उहाँलाई झन्डै ५० भन्दा बढी सङ्घसंस्थाले अभिनन्दन पत्रका साथ सम्मान गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button