तपाईँ सुन्दै हुनुहुन्छः

थप २६६ जनामा कोरोना संक्रमण, १०२ जना सङ्क्रमणमुक्त

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
काठमाडौँ । आज देशभर २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार ५ सय ३६ वटा पीसीआर परीक्षण गर्दा २ सय ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७८ हजार २ सय १० मन्त्रालयले जनाएको छ ।
आज १ सय २ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या २ लाख ७३ हजार ३ सय ४२ पुगेको छ । कोरोना सङ्क्रमणबाट निको हुने दर ९८ दशमलव ३ प्रतिशत हो ।
गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ । यो सँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button