तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यका प्रवेशमा एन्टीजेन परीक्षण अनिवार्य

काठमाडौँ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)काठमाडौँले उपत्यका प्रवेश गर्ने सबैको स्वास्थ्य जाँच तथा एन्टीजेन परीक्षण गर्न मातहतका सबै स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।
केन्द्रले एन्टीजेन पोजेटिभ देखिएकाहरूको पीसीआर परीक्षणका लागि स्वाब पठाउन पनि निर्देशन दिएको छ ।
केन्द्रले आज एक विज्ञप्ति जारी गर्दै सबै महानगरपालिकामा सञ्चालित आइसोलेसन र क्वारेनटाइन सेन्टरलाई अद्यावधिक राख्न पनि भनेको छ ।
यस्तै प्रत्येक नगरपालिकाभित्र एउटा आइसोलेसन र क्वारेनटाइन सञ्चालनको व्यवस्था गर्न र मापदण्ड पालना नगर्नेहरूलाई दण्ड तथा जरिवाना गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button