तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल पत्रकार महासङ्घ रेडियो नेपालको अध्यक्षमा विप्रमणि आचार्य निर्विरोध निर्वाचित

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ रेडियो नेपाल शाखाको अध्यक्षमा विप्रमणि आचार्य निर्विरोध निर्वाचित हुनु भएको छ ।
अध्यक्ष आचार्य सहित सम्पूर्ण टिम नै निर्विरोध निर्वाचित भएको हो । उपाध्यक्षमा नरहरि न्यौपाने, महिला उपाध्यक्षमा बेन्जु सुवेदी, सचिवमा श्यामहरि नापित, सहसचिवमा रमा कुमारी पराजुली र अर्जुन सापकोटा र कोषाध्यक्षमा उज्वलराज घिमिरे निर्वाचित हुनु भएको हो ।
त्यस्तै सदस्यहरूमा सरिता खनाल, मनोज कुमार शाह, राधिका ओझा, बलराम कोइराला, हेमन्तराज उप्रेती, सुमन बस्नेत, महेश घिमिरे, मुकेश कुमार मिश्र र टंकनाथ खनाल निर्वाचित हुनु भएको छ ।
यही २५ गते निर्वाचन हुने भएता पनि सहमतिमा नै मनोनयन परेको र कुनै पनि पदमा दोहोरो उम्मेदवार नपरेकाले निर्विरोध निर्वाचित गरिएको निर्वाचन समितिले जनाएको छ ।
साथै रेडियो नेपाल शाखाबाट केन्द्रीय परिषद् सदस्यमा तुलसीमाया सापकोटा र अमरध्वज लामा निर्विरोध निर्वाचित हुनु भएको छ भने प्रदेश परिषद् सदस्यमा कमला रसाइली, गोकर्ण रेग्मी र भूषण पोखरेल निर्वाचित हुनु भएको छ ।
निर्वाचित कार्यसमितिको नामावली

प्रतिक्रिया राख्नुहोस्

Back to top button