तपाईँ सुन्दै हुनुहुन्छः

वासुदेव त्रिपाठीलाई पाँच लाखसहित महासमालोचकको उपाधि

काठमाडौँ । नइ प्रकाशनको रजत महोत्सवका अवसरमा प्रा.डा. वासुदेव त्रिपाठीलाई महासमालोचकको उपाधिसहित पाँच लाख रुपियाँ राशिको ‘नइ रजत महोत्सव पुरस्कार’ले विभूषित गर्ने निर्णय गरेको छ ।

‘नइ रजत महोत्सव’का अध्यक्ष वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको अध्यक्षतामा आज बसेको बैठकले मोतीराम भट्टबाट थालिएको समालोचनाको परम्परालाई आधुनिक युगमा विविधतापूर्ण, बहुआयामिक र समन्वयवादी दृष्टिले गतिशील, समृद्ध र उन्नत तुल्याई केन्द्रीय प्रतिभाका रूपमा भूमिका खेलेबापत प्रा.डा.त्रिपाठीलाई महासमालोचकको सम्मानसहित नगद पुरस्कार दिने निर्णय गरेको नई प्रकाशनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button