तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन मङ्गलवारदेखि अन्त्य

रुपन्देही । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन मङ्गलवारदेखि अन्त्य भएको छ । चैत १८ गतेदेखि शुरु भएको अधिवेशन जम्मा ५ दिन मात्र बसेको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले मङ्गलवार राती १२ बजेदेखि लागु हुनेगरी प्रदेशसभाको चालु सातौँ अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले जानकारी दिनुभएको छ ।
यसैबिच माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई सांसदको पद खारेज भएको छ । रुपन्देही क्षेत्र नम्बर १(२) निर्वाचित दधिराम न्यौपाने र गुल्मी क्षेत्र नम्बर २(२)बाट निर्वाचित दिनेश पन्थीलाई माओवादी केन्द्रले कारबाही गरेको थियो ।
सर्वोच्च अदालतले नेकपा खारेज गरी माओवादी केन्द्र र नेकपा एमाले ब्युँताइदिए पछि न्यौपाने र पन्थी एमालेमा प्रवेश गर्नुभएको थियो । मङ्गलवार बसेको प्रदेशसभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा नियमावली २७४ को नियम (९) तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ को उपदफा क र ख एवं ३२ को उपदफा खण्ड ख बमोजिम सांसद पद रिक्त रहेको जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button