तपाईँ सुन्दै हुनुहुन्छः

च्याम्पियन्स लिगमा म्यान्चेष्टर सिटी विजयी

काठमाडौँ। च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी विजयी भएको छ।

मंगलबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र फिल फोडेनले एक एक गोल गरे । डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए ।

जितसँगै सिटीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब सिटीलाई सेमिफाइनलमा पुग्न दोस्रो लेगमा बराबरीले पुग्नेछ । दोस्रो लेग अप्रिल १४ मा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button