तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि भेरोसेल खोप लगाउन शुरु

काठमाडौँ । चीनबाट अनुदान सहयोगमा आएको कोभिड–१९ विरुद्धको खोप भेरोसेल आजदेखि लगाउन शुरु गरिएको छ ।
चीन सरकारको अनुदानमा आएको ८ लाख डोज खोप आजदेखि दिन शुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका शिक्षक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी, नेपाली व्यापारी र अग्रपङ्क्तिमा काम गर्नेलाई खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेल काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित विभिन्न सात जिल्लामा लगाइने प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।
यस्तै आज ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार १ सय नुमना परीक्षण गरिएकोमा ३ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ
गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट विभिन्न संस्थागत तथा होम आइसोलेसनबाट ७४ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७३ हजार ३ सय ४२ पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट निको भएर घर फर्किने दर ९८ दशमलव १ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
त्यस्तै गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको केल सङ्ख्या ३ हजार ३८ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button