तपाईँ सुन्दै हुनुहुन्छः

बीरंगजमा ३४ जनाको स्वाब परीक्षण गर्दा १५ जना संक्रमित 

बीरगंज । बारा, पर्सामा दिन प्रतिदिन कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । बीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणको क्रममा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बीरगंजको नारायणी अस्पतालमा ल्याइएको ३४ जनाको स्वाब परीक्षण गर्दा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल बीरगंजका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेहरूमा बीरगंज महानगरपालिका वडा नम्बर ४ निवासी ४० बर्षीया महिला, मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नम्बर ६ निवासी २२ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ भने बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० मा ५, ८, २३, २८, ६४ वर्षीय महिला र १४, २७, ६८ र ४० वर्षीय पुरुष गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसै गरी बाराकै करैयामाई गाउँपालिका वडा नम्बर ७ मा २५ वर्षीय पुरुष, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ५ मा २० वर्षीय महिला, वडा नम्बर २ मा २७ वर्षीय पुरुष, बाराकै महागढीमाई नगरपालिका वडा नम्बर १ मा ४५ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको डा.दासले जानकारी दिनुभयो ।
सङ्क्रमितहरूको सिटी भ्यालु १५ देखि ३५ सम्म रहेको डा. दासले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button