तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छ : स्वास्थ्य मन्त्री त्रिपाठी

File Photo
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको बताउनुभएको छ ।
मन्त्री त्रिपाठीले काठमाडौँमा आज पाँचौँ स्वास्थ्य बिमा दिवसको उद्घाटन गर्नुहुँदै स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुँचको लागि सरकारले काम गरिरहेको बताउनुभयो ।
विश्वभर देखिएको कोरोना संक्रमण नियन्त्रणका लागि नागरिक पनि जिम्मेवार हुनुपर्नेमा पनि मन्त्री त्रिपाठीले जोड दिनुभयो ।
मन्त्री त्रिपाठीले आजै  डिजिटल डिस्प्लेमार्फत ताप्लेजुङ, बारा, सर्लाही, मनाङ, मुस्ताङ र दोलखामा स्वास्थ्य बिमा सदस्यता दर्ता शुभारम्भ पनि गर्नुभयो । उहाँले नागरिक एप्समा स्वास्थ्य बिमा आबद्धताको पनि घोषणा गर्नुभयो ।
२०७२ चैत २५ गते कैलाली जिल्लाबाट औपचारिक रुपमा शुरु गरिएको बिमा कार्यक्रम हाल देशका ६९ जिल्लामा विस्तार भएको छ ।
कार्यक्रममा चालु आर्थिक वर्ष भित्र देशका सबै जिल्ला तथा स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने गरी काम भइरहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button