तपाईँ सुन्दै हुनुहुन्छः

बजेटको आकार घट्न सक्ने

file photo
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न सकिने अवस्था नरहेको बताउनुभएको छ ।
बुधवार नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री पौडेलले बजेटको स्रोतको सीमितताका कारण बजेट निर्माण गर्दा खुम्चिनुपर्ने अवस्था रहेको बताउनुभयो ।
कोभिडका कारण खुम्चिएको राजश्व, अन्तर्राष्ट्रिय सहयोग परिचालन र आन्तरिक ऋणको परिधि भित्रै रहेर बजेटको स्रोत निर्माण गर्नुपर्ने बाध्यता रहेको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।
भेटमा अनेरास्ववियुका अध्यक्ष ऐन महर सहितका विद्यार्थी नेताहरूले आगामी बजेटमा शिक्षा क्षेत्रका लागि कम्तीमा २० प्रतिशत बजेट छुट्याउन र शैक्षिक प्रमाणपत्रको आधारमा शैक्षिक र व्यावसायिक ऋण उपलब्ध गराउने विगतको घोषणालाई सहज र प्रभावकारी ढङ्गले कार्यान्वयनमा आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button