तपाईँ सुन्दै हुनुहुन्छः

झापामा श्रीमतीलाई घाइते बनाई श्रीमानले गरे आत्महत्या

भद्रपुर, झापा । झापामा घरायसी झगडामा श्रीमतीलाई घाइते बनाएपछि श्रीमानले आत्महत्या गरेका छन् ।
जिल्लाको गौरीगञ्ज ५ बालुगाउँका ३० वर्षीय जगतबहादुर ताजपुरियाले बुधवार राति २६ वर्षीया श्रीमती राजकुमारी ताजपुरियालाई धारिलो हतियारले रोपेर घाइते बनाएपछि आफ्नै घरको शौचालय जाने बाटोमा रहेको कटेरोमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
श्रीमती रक्ताम्मे भएपछि उनलाई परिवारका सदस्य र छिमेकीले उपचारका लागि अस्पताल लगेपछि जगतबहादुरले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
हात, पाखुरा र पेटमा गहिरो चोट लागेकी राजकुमारीको विराटनगरस्थित विराट नर्सिङ होमको सघन कक्षमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button