तपाईँ सुन्दै हुनुहुन्छः

पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ साथै देशका केही स्थानहरूमा तुंवालो लागेको अवस्था छ ।

आज दिउँसो देशका पहाडी भू(भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू(भागमा मौसम आंशीक बदली रहने छ। प्रदेश १ का पहाडी भू(भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशका पहाडी भू-भागमा आंशिक देखि समान्य रही बाँकी भू-भागमा मौसम आंशीक बदली रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button