२०७८ साल वैशाख १ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

उकालो लाग्दै सुनको मूल्य

रेडियो नेपाल २०७७ चैत २६ गते ११:१९

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा एक हजार रुपैयाँले बढेर ८९ हजार रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ८८ हजार ५५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार २६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

सम्बन्धित

थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

२५ मिनेट अगाडि केशव ढुङ्गाना