तपाईँ सुन्दै हुनुहुन्छः

सर्वसाधारणका लागी म्याग्देमा एम्बुलेन्स सेवा सुरु

तनहुँ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर तनहुँको म्याग्दे गाउँपालिकाले सर्वसाधारणका लागि एम्बुलेन्स सेवाको शुभारम्भ गरेको छ ।
बुधवार गाउँपालिकामा आयोजित एक कार्यक्रमका बिच अध्यक्ष मायादेवी रानाले एम्बुलेन्स सेवाको शुभारम्भ गर्नुभयो । सो अवसरमा अध्यक्ष रानाले एम्बुलेन्स सेवा पछि बिरामीहरू लाई अस्पताल समयमै पुर्‍याउनमा ठुलो सहयोग मिल्ने बताउनुभयो ।
उहाँले भन्नुभयो ’गाउँपालिकाले सर्वसाधारण जो सुकैलाई पनि दुख र पिडाले छटपटी भएको बेला समयमै अस्पताल पुर्‍याउन पाइयोस् भनेर एम्बुलेन्स सञ्चालनमा ल्याएको छौँ ।’
कार्यक्रममा उपाध्यक्ष बालकृष्ण घिमिरेले मानिसको स्वास्थ्य सबैभन्दा ठुलो भएको र कहिलेकाहीँ आइपर्ने बिमारी अनि तत्कालै अस्पतालमा पुग्नुपर्ने अवस्थामा एम्बुलेन्स उपयोगी हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button