तपाईँ सुन्दै हुनुहुन्छः

एएफसी कप–२०२१ खेलमा सेनाद्वारा श्रीलङ्का पुलिस स्पोर्ट्स क्लब १ का विरुद्ध ५ गोलले पराजित

काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधवार भएको एएफसी कप–२०२१ खेलमा सेनाले श्रीलङ्का पुलिस स्पोर्ट्स क्लबलाई १ का विरुद्ध ५ गोलले पराजित गरेको छ ।
सेनालाई विजयका लागी  नवयुग श्रेष्ठले २ दुई, सन्तोष तामाङ, टङ्कबहादुर बस्नेत र सुदिल राईको एक–एक गोलको योगदान रह्यो ।
हिजोको खेलमा विजयसँगै सेनाको टिम दोस्रो चरणमा प्रवेश गरेको छ । नेपालको लगातार दबाबका बाबजुद श्रीलङ्का पुलिस स्पोर्ट्सका इभान्सले खेलको २८ औँ मिनेटमा गोल गर्दै श्रीलङ्का पुलिसलाई शुरुवाती अग्रता दिलाएका थिए तर श्रीलङ्काका लागि त्यो गोल  क्षणिक खुशीमा सीमित भयो ।
नेपालका तर्फबाट सेनाका सन्तोष तामाङले ४१ औँ मिनेटमा गरेको गोल नै खेलको मुख्य चर्चाको बटुल्यो । सन्तोषले गरेको गोलको दुई मिनेटमै अर्थात् खेलको ४३ औँ मिनेटमा नवयुग श्रेष्ठ गोल गर्न सफल भए उक्त गोलले नेपालाई खेलमा सहजै अग्रता दिलायो ।
खेलको ५० औँ मिनेटमा टङ्क बस्नेतले गरेको गोलले नेपाललाई सशक्त फुटबल खेलाडी उत्पादन गरिरहेको मुलुकका रूपमा परिचित गरायो । एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि सेनाको टिम पहिलो पटक प्रतियोगितामा सहभागी भएको हो । प्रतियोगिताको ८३ औँ मिनेटमा सुदिल राईले गरेको गोलले नेपाललाई ४–१ को अग्रता दिलायो । इन्जुरी समयमा नवयुगको दोस्रो गोलसँगै सेनाले ५–१ को फराकिलो अन्तरको जित हात पार्न सफल रह्यो  ।
एशियन फुटबल (एएफसी) को कार्यक्रमअनुसार त्रिभुवन आर्मी फुटबल क्लबको आयोजनामा उक्त एएफसी कप–२०२१ भएको हो । नेपालले दोस्रो चरणमा भारतको बेङ्गलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त प्रतियोगिता वैशाख १ गते हुँदैछ ।
विजय प्राप्त गरेपछि त्रिभुवन आर्मी क्लबका मुख्य प्रशिक्षक नवीन न्यौपानेले दोस्रो चरण प्रवेश गर्ने टिमको पहिलो लक्ष्य पूरा भएको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button