तपाईँ सुन्दै हुनुहुन्छः

दरबारमार्गमा हुने सडक महोत्सव स्थगित

काठमाडौँ । राजधानीको प्रमुख आकर्षक स्थलका रुपमा रहेको दरबारमार्गमा नयाँ वर्षको अवसरमा गर्ने भनिएको सडक महोत्सव स्थगित भएको छ ।
कोभिड–१९ को नयाँ लहरका कारण सरकारले पछिल्लो समय जारी गरेको निर्देशन अनुसार महोत्सव तत्कालका लागि स्थगित गरिएको रेष्टुरेन्ट एण्ड बार एसोसिएसन रेबानका अध्यक्ष अरनिको राजभण्डारीले बताउनुभयो ।
सरकारले  जारी गरेको निर्देशन पुनः खुकुलो भएको खण्डमा  दुई सातामा सो महोत्सव पुनः आयोजना गरिने योजना रहेको रेबानका अध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button