तपाईँ सुन्दै हुनुहुन्छः

बाँडामा बर्थिङ सेन्टरको उद्घाटनसँगै एकीकृत स्वास्थ्य शिविर सञ्चालन

अछाम । अछाम जिल्लाको विकट क्षेत्र मङ्गलसेन नगरपालिका वडा नम्बर १३ को बाँडामा बर्थिङ सेन्टर ९प्रसूति केन्द्र० स्थापना गरिएको छ । जिल्लाको ७७ औँ प्रसूति केन्द्रका रुपमा बाँडामा रहेको शहरी स्वास्थ्य क्लिनिकमा बर्थिङ सेन्टरको उद्घाटन गरिएको हो ।
मङ्गलसेन नगरपालिकाको पहलमा बर्थिङ सेन्टर सञ्चालन भए पश्चात् नगरप्रमुख पदम बहादुर बोहराले औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । सडक सुविधा समेत प्रभावकारी रुपमा नपुगेको सदरमुकाम मङ्गलसेनबाट करिब १ दिनको पैदल दूरीमा रहेको बाँडामा प्रसूति केन्द्र स्थापना भएपछि स्थानीय निकै खुसी भएका छन् ।
प्रसूति केन्द्रको उद्घाटन गर्नुहुँदै नगरप्रमुख बोहराले स्वास्थ्य नै सबैभन्दा ठुलो सम्पत्ति भएकोले स्वस्थ समाजका लागि बर्थिङ सेन्टर र स्वास्थ्य शिविरले ठुलो राहत हुने बताउनुभयो । बस्तीको विकटतालाई ध्यान दिएर सहरी स्वास्थ्य क्लिनिकसँगै सुरक्षित प्रसूति केन्द्र स्थापना गरिएको उहाँको भनाइ छ ।
नगरपालिका शिक्षा र स्वास्थ्यको विकासका लागि प्रतिबद्ध रहेको भन्दै नगरप्रमुख बोहराले हरेक काममा स्थानीय पनि जागरूक हुनुपर्ने बताउनुभयो ।
विकट क्षेत्र बाँडामा नगरपालिकाको सहयोग तथा  स्वास्थ्य कार्यालय अछामको योजनामा स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको छ । २ दिने स्वास्थ्य शिविरमा डाक्टरको टोलीले विभिन्न रोगको उपचार तथा निदान गर्ने जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।
एकीकृत स्वास्थ्य शिविर शुक्रवार वडा नम्बर १३ कै बस्तीमा सञ्चालन गरिने वडा अध्यक्ष प्रेम बहादुर थापाले बताउनुभयो ।
जिल्लामा बर्थिङ सेन्टरको वृद्धि भएसँगै संस्थागत अर्थात् स्वास्थ्य संस्थामा प्रसूति हुनेको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ । कुनै बेला ४० प्रतिशत मात्रै स्वास्थ्य संस्थामा प्रसूति हुने अछाममा हाल यो सङ्ख्या बढेर ७५ प्रतिशत पुगेको छ ।
जिल्लामा वर्थिङ सेन्टरको स्थापनामा बढोत्तरी भयसँगै संस्थागत प्रसूति हुनेको सङ्ख्यामा पनि वृद्धि भइरहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गानाको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button