तपाईँ सुन्दै हुनुहुन्छः

बेलायती राजकुमार फिलिपको निधन प्रति प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधन प्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले ट्वीटर मार्फत राजकुमार फिलिपको निधन प्रति बेलायती प्रधानमन्त्री बोरिस जोनसन र बेलायती जनता प्रति समवेदना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले फिलिपको निधनबाट नेपालले एक असल साथी र समाजसेवामा अग्रणी व्यक्तित्व गुमाएको उल्लेख गर्नुभएको छ  ।

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको ९९ वर्षको उमेरमा हिजाे (शुक्रबार)  निधन भएको थियाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button