तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश–१ का नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङद्वारा शपथ ग्रहण

मोरङ । प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङ(लिम्बु)लाई शुक्रबार साँझ विराटनगरमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

प्रदेश प्रमुख अधिकारीले प्रदेशका मुख्यमन्त्री शेरधन राईद्वारा नेपालको संविधानको धारा १७० को उपधारा ९१० बमोजिम लिम्बुलाई मन्त्री पदमा नियुक्तिको लागि सिफारिस गरिएअनुसार शपथ ग्रहण गराउनुभएको हो ।

नेकपा माओवादीका तर्फबाट प्रदेशसभा सदस्य लिम्बुले नेकपा एमालेमा प्रवेश गरेका कारण सो पार्टीका केन्द्रीय समितिले दलको विधान र ऐन विपरीत कार्य गरेको कारण देखाइ प्रदेशसभा सदस्य पदबाट खारेज गरेको पत्र यही चैत २६ गते सभामुखले सदनमा पढेर सुनाएपछि सो पद रिक्त हुन गएको हो ।

मन्त्री लिम्बुलाई यसअघि गएको चैत १३ गते सोही पदमा शपथ ग्रहण गराइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button