तपाईँ सुन्दै हुनुहुन्छः

समानान्तर गतिविधि पार्टीलाई सह्य हुँदैन : कोमल ओली 

ललितपुर । राष्ट्रियसभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य कोमल ओलीले समानान्तर गतिविधि नेकपा एमालेलाई सह्य नहुने बताउनुभएको छ ।
ललितपुर महानगरपालिका वडा नं. २ को अगुवा कार्यकर्ता भेलालाई शनिवार सम्बाेधन गर्नुहुँदै नेता ओलीले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएकै कारण प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध घेराबन्दी भइरहेको बताउनुभयो ।
“हाम्राे पार्टीमा बिचार निति र नेतृत्व उत्कृष्ट छ। हाम्राे बिचार जनताकाे बहुदलीय जनवाद, समाजवाद उन्मुख अर्थव्यवस्था र श्रद्धेय अध्यक्ष केपी ओलिकाे नेतृत्वमा नै मुुलुकले सम्रृद्धि हाँसिल गर्नेछ,” ओलीले बताउनुभयो ।
भेलालाई संवोधन गर्नुहुँदै नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले जिल्ला कमिटी अन्तर्गतका सबै कमिटीहरूलाई सृदिढ बनाउँदै लग्नु पर्ने भन्दै यस कार्यमा सबै नेता तथा कार्यकर्ता एकमत भएर पार्टी निर्माणमा लाग्नुपर्ने  बताउनुभयो ।
भेलामा नेकपा एमाले ललितपुर महानगरपालिका कमिटी अध्यक्ष आस्था शाक्य, बाग्मती प्रदेश सभा सदस्य एवं पार्टी केन्द्रीय सदस्य मैना अछामी र ललितपुर महानगरपालिका वडा नं. २ का पार्टी इन्चार्ज सन्दन थापा मगरले आफ्नो भनाई राख्नु भएको थियो ।

भेलाले पुरुषोत्तम थापा मगरको नेतृत्वमा  १५ सदस्यीय वडा समिति गठन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button