तपाईँ सुन्दै हुनुहुन्छः

एम्बुलेन्स सेवा सञ्चालन

तनहुँ। तनहुँको म्याग्दे गाउँपालिकाले नगारिकहरुको स्वास्थ्य सेवामा प्रभावकारी पहुँच विस्तार गर्न एम्वुलेन्स सेवा सञ्चालन गरेको छ ।

गाउँपालिका भित्रका नागरिकलाई आवस्थकता पर्दा छिटो उद्दार गर्न सहज होस् भन्ने उदेश्यले एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाले जनाएको छ ।

ग्रामिण क्षेत्रमा बसोबार गर्ने महिलाहरुलाई प्रसुती तथा सुत्केरी अवस्थामा एम्बुलेन्सको आवश्यकता देखिएकोले गाउँपालिकामार्फत एम्बुलेन्स खरिद गरी संचालन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

उहाँले गाउँपालिकाले १० लाख ६५ हजार ८ सय ४५ रुपैयाँ लागतमा एम्बुलेन्स खरिद गरिएको जानकारी दिनुभयो ।

उहाँले ग्रामिण क्षेत्रका नागरिकहरु समस्यामा पर्दा अस्पतालका पुग्न धेरै रकम खर्चिनुपर्ने बाध्यताको अन्त्य हुने विस्वास ब्यक्त गर्नुभएको छ ।

गाउँपालिकालाई सुर्य नेपालले दियो एम्बुलेन्स
यस्तै म्याग्दे गाउँपालिकालाई सुर्य नेपाल प्रालिले एक थान एम्बुलेन्स सहयोग गरेको छ ।

प्रालिले गाउँपालिकाका जनतालाई स्वास्थ्य सेवा प्रभावकारी बनाउन एम्बुलेन्स सहयोग गरेको हो ।

एम्बुलेन्स हस्तान्तरण गर्दै प्रालिले सामाजिक विकासका लागि प्रालिले विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउदैँ आएको जानकारी दिएको छ ।

कोरोना महामारीसँगै भएको लकडाउनमा एम्बुलेन्सको अभावमा समस्या सिर्जना भएको जानकारी प्राप्त भएपछि आफुहरु सहयोगका लागि सकरात्मक भएको प्रालिका प्रमुख बाबुराम कार्कीले जानकारी दिनुभयो ।

अन्य पालिकासँग एम्बुलेन्स सेवाका लागि निर्भर हुने अवस्थालाई अन्त्य गर्न यस अघि नै प्रक्रिया थालेको भएता पनि हस्तान्तरण कार्य ढिला भएको उँहाले बताउनुभयो ।

हाल गाउँपालिका आफैले खरिद गरेको र प्रालिमार्फत प्राप्त गरी दुई थान एम्बुलेन्स गाउँपालिका मातहत रहने भएको छ ।
उक्त एम्बुलेन्सहरुमार्फत गाउँपालिका भित्र बिरामी परेका, दुर्घटना परेका, महामारी लगायत आपतकालनि समयमा प्रयोगमा हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले यी एम्बुलेन्सहरुलाई दुर्गम क्षेत्रमा प्राथमिकताका आधारमा सञ्चालन गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button