तपाईँ सुन्दै हुनुहुन्छः

छथरजोरपाटीमा १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

धनकुटा । १२ औँ राष्ट्रपति तथा दोस्रो छथर गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ ।
सिधुवा बजारको खेल मैदानमा शुरु भएको उक्त प्रतियोगिताको पालिका अध्यक्ष शेरबहादुर लिम्बूले उद्घाटन गर्नुभयो ।
पालिकाका १० सामुदायिक र ३ निजी गरी १३ मा.बि.हरुका ४ सय भन्दा बढी छात्र–छात्राहरूले खेलमा भाग लिइरहेका छन् ।
पालिकाको आयोजना तथा श्री सरस्वती मा.बि.सिधुवाको सह–आयोजनामा सम्पन्न भइरहेको खेलका लागि राष्ट्रिय निर्णायक सुरेश रिजालको संयोजकत्वमा ८ जनाको निर्णायक टोलीले खेल खेलाइरहेको छ ।
२ दिनसम्म चल्ने खेलमा एथलेटिक्स, कपर्दी र भलिबल गरी ३ विधामा १५ वटा खेलहरू सम्पन्न हुनेछन् ।
खेलमा १ सय, २ सय, ४ सय ८ सय १ हजार ५ सय र ३ हजार मिटरको दौड, लङ जम्प, त्रिपल जम्प, हाई जम्प, सट पुट, ज्याब्लिङ्ग थ्रो, ४ गुणा ४ सय र ४ गुणा १ सय मिटरको रिले दौड, कपर्दी र भलिबल हुनेछन् ।
बिजयी प्रथम र दोस्रो हुने विद्यार्थीहरूले वैशाख ३ र ४ गते धनकुटामा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भाग लिन पाउनेछन् ।
अन्य विजेता छात्र–छात्राहरूको प्रोत्साहनको लागि पालिकाले बेग्लै पुरस्कारको व्यवस्था गरेको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा पालिका उपाध्यक्ष, भीमकला श्रेष्ठ, निमित्त प्रशासकीय अधिकृत नेत्रबहादुर श्रेष्ठ तथा वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button