तपाईँ सुन्दै हुनुहुन्छः

प्रजिअ तिमिल्सिनाको जोडी ब्याडमिन्टन च्याम्पियन

झापा । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको जोडीले भद्रपुरमा सञ्चालित मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ ।
मेची रङ्गशालाको कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा प्रजिअ तिमिल्सिना र चोलाप्रसाद आचार्यको जोडीले सरोज राई र गोविन्द भट्टराईको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो ।
चन्द्रगढी स्पोर्टस् हाउसको आयोजनामा शुक्रवार शुरु भएको प्रतियोगितामा चिरञ्जीवी कोइराला र कुलदीप चौधरीको जोडी तेस्रो र रमेश सुवेदी र राजधन राईको जोडीले चौथो स्थान हासिल गरेको प्रतियोगिताका संयोजक दीपेश ढकालले जानकारी दिनुभयो ।
विजयी खेलाडीहरूलाई प्रतियोगिता समापनका अवसरमा शनिबार शील्ड, मेडल तथा ट्रफी प्रदान गरिएको थियो । सो अवसरमा भद्रपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष गौरव सुब्बाले विजयी खेलाडीहरूलाई बधाई दिँदै खेलकुदलाई उमेरले नछेक्ने बताउनुभयो ।
उल्लेख्य दर्शकहरूका माझ प्रतियोगिता सम्पन्न भएको बताउँदै संयोजक ढकालले पहिलो पटक आयोजना गरिएको यो प्रतियोगितालाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button