तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा माओवादी केन्द्र प्रदेश २ को संसदीय दलको नेतामा साह

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ मा संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक चयन गरेको छ ।
दलको नेतामा भरतप्रसाद साह, उपनेतामा सांसद जगत प्रसाद यादव, प्रमुख सचेतकमा दिलिप साह र सचेतकमा रुबी कर्णलाई चयन गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
त्यसै गरी माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका चार नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय गरिएको दलका नेता साहले जानकारी दिनुभयो ।
काठमाडौँस्थित पार्टी कार्यालयमा बसेको बैठकले २४ घण्टामा जवाफ र पार्टीभित्र नफर्किए पार्टीबाट निष्कासन गरिने संसदीय दलका नेता साहले जानकारी दिनुभयो ।
संसदीय दलको नेताबाट हटाइएका प्रदेश सभाका सदस्य रामचन्द्र मण्डल, कुन्दन साह, ज्वाला साह र मो.समिर अन्सारी माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएपछि नयाँ नेता सहितका पदाधिकारीहरू चयन गरिइएको छ ।
प्रदेश २ मा माओवादी केन्द्रका ११ जना प्रदेश सभाका सदस्य रहेका छन् ।
सर्वोच्च अदालतले नेकपा एमाले तथा माओवादी केन्द्र रहने गरी फैसला गरेपछि अहिले त्यसको असर प्रदेश नंं २ मा पनि देखा परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button