तपाईँ सुन्दै हुनुहुन्छः

‘बालबालिकाले पाउने अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको नीति’ 

भैरहवा । लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारुले बालबालिकाले पाउने अधिकार सुनिश्चित गर्न प्रदेश सरकारले नीति बनाएको बताउनुभएको छ ।
सामाजिक विकास मन्त्रीको संयोजकत्वमा सबै मन्त्रालयको सचिवहरू सदस्य हुने गरी काम गरिरहेको उपसभामुख थारुले बताउनुभयो । जिल्लामा जिल्ला समन्वय प्रमुखको संयोजकत्वमा जिल्ला बाल अधिकार गठन गरेको छ । स्थानीय तहमा पनि बालबालिकालाई सहज हुने हिसाबले काम भइरहेको उहाँले बताउनुभयो ।
क्षेत्रीय समितिलाई पूर्णता दिन प्रदेश स्तरमा बाल सहभागिताको अवस्था कस्तो छ सोही अनुरूप प्रदेश स्तरीय कार्यक्रम गरिएको कन्सोर्टियम नेपाल लुम्बिनी प्रदेशका संयोजक बद्री प्रसाद सुबेदीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button