तपाईँ सुन्दै हुनुहुन्छः

थप ३३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ५३२ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ । त्यस्तै पछिल्लो समय थप १५१ जना निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ८८६ पुगेको छ । निको हुने दर भने ९७ दशमलव नौ प्रतिशत रहेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ८०० रहेको छ । उनीहरूमध्ये ८४ जना क्वारेन्टिनमा र  अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म नेपालमा २३ लाख नौ हजार ७७६ को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३९  जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको  पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button