तपाईँ सुन्दै हुनुहुन्छः

रियल मड्रिड उक्लियो स्पेनिस ला लिगा फूटबलको शीर्ष स्थानमा

काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फूटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

ला लिगा अन्तर्गत एल क्लासिको भिडन्तमा बार्सिलोनामाथि २–१ को जित निकाल्दै रियलले शीर्ष स्थान कब्जा गरेको हो ।

घरेलु मैदानमा रियलले १३औं मिनेटमा करिम बेञ्जिमाको गोलसँगै अग्रता बनायो । त्यसपछि २८औं मिनेटमा टोनी क्रुसले रियलको अग्रता दोब्बर बनाएका थिए । ६०औं मिनेटमा ओस्कार मिनगुएजाले बार्सिलोनाका एक गोल गरे ।

जितसँगै रियलले ३० खेलबाट ६६ अंक जोडेको छ । २९ खेलबाट ६६ अंकसहित एट्लेटिको मड्रिड दोस्रो तथा ३० खेलबाट ६५ अंकसहित बार्सिलोना तेस्रो स्थानमा छन् ।

ला लिगा अन्तर्गत नै गएराति काडिजले गेटाफेलाई र लेभान्टेले इबरलाई समान १० गोलले हराए । त्यस्तै एथ्लेटिको बिल्बाओ र अलाभेस गोलरहित बराबरीमा रोकिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button