तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइमा नयाँ नेतृत्व, सभापतिमा आले

तनहुँ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइ समितिको सभापतिमा भुपाल आले निर्वाचित हुनुभएको छ ।शनिबार सम्पन्न मतदानमार्फत व्यवसायीहरूको छाता सङ्गठन तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइ समितिको सभापतिमा आले निर्वाचित हुनुभएको हो ।

आठ सय ३५ मतमध्ये सभापतिमा विजयी आलेले दुई सय ७२ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।

सभापतिका प्रत्यासी सुक नारायण मल्लले दुई सय २८ मत प्राप्त गर्नुभयो । यसैगरी अर्का प्रत्यासी दधिराज घिमिरेले दुई सय नौ मत प्राप्त गर्नुभयो । त्यस्तै अर्का प्रत्यासी विन्दुलाल श्रेष्ठले एक सय तीन मत पाउनुभयो ।

अधिवेशनले उपसभापतिमा अत्यधिक मतका साथ राजेश मल्ललाई निर्वाचित गरेको छ । मल्लले सर्वाधिक ५ सय ४१ मत प्राप्त गर्नुभयो । उपसभापतिका अर्का प्रत्यासी विजय पौडेलले एक सय ९५ मत प्राप्त गर्नुभयो ।

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइको कोषाध्यक्षमा किन कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । विजयी श्रेष्ठले २ सय ५८ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षका प्रत्यासी अन्जु दाहालले २ सय २९ मत प्राप्त गर्दा अर्का प्रत्यासी भरतकुमार श्रेष्ठले दुई सय ३९ मत प्राप्त गर्नुभयो । त्यस्तै अर्का प्रत्यासी हर्षमान श्रेष्ठले ८६ मत पाउनुभयो ।

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइ समितिको जिल्ला प्रतिनिधि पदमा सर्वाधिक ६ सय ९ मतका साथ महेश मल्ल विजयी हुनुभएको छ ।
५ सय ४९ मतका साथ एक प्रसाद श्रेष्ठ, ५ सय ४४ मत प्राप्त गरेर रमेशकुमार श्रेष्ठ, ५२६ मतका साथ प्रकाश हड़खले र ५ सय ३६ मतका साथ किशोर कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

कार्यसमिति सदस्यमा भरत पराजुली ४९४ मत, विष्णुकुमार श्रेष्ठ ५२८ मत, व्रजेश शाह ५५९ मत, दिल बहादुर दरै ६०५ मत, दिपक राई ४४८ मत, कमल गिरि ५३३, लालप्रसाद प्रधान ५१५, महमद सलिम मियाँ ६०८ मत, नारायण मल्ल ५८१ मत, प्रकाश श्रेष्ठ ५६९ मत, राजेन्द्र श्रेष्ठ ५१९ मत, राजकुमार श्रेष्ठ ५२९, सुनिल श्रेष्ठ ५७६ मत, युवराज भण्डारी ४९० मत पाएर विजयी हुनुभएको छ ।

शनिबार रातिदेखी सुरु भएको मतगणना आइतबार बिहान सकिएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button