तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

मकवानपुर । मकवानपुरमा राष्ट्रपति रनिङशिल्ड ११औँ जिल्ला स्तरीय छनौट प्रतियोगिता आजबाट सुरु भएको छ ।

हेटौँडा–४ स्थित हुप्रचौरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशक समितिका संयोजक एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

प्रमुख खुलालले एथलेटिक्स तर्फको सटपुट खेल खेलेर प्रतियोगिताको उद्घाटन गर्नुभयो ।उहाँले प्रतियोगिताको उद्घाटन गर्नुहुँदै खेलकुद क्षेत्रको विकासमा प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।

विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन यो प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने प्रमुख खुलालको भनाई छ ।

प्रतियोगितामा जिल्लाका १० वटै पालिकाभित्रका बिद्यार्थीहरुको सहभागिता रहेको छ ।

छात्र÷ छात्राको भलिबल, र एथलेटिक्सका खेलहरू हुप्रचौरमा भइरहेको छ भने कबड्डीका खेलहरू हेटौँडा–४ स्थित कभर्डहलमा भइरहेको छ ।

जिल्लाका १० वटै स्थानीय तहबाट छनौट भएर आएकाहरूको जिल्ला स्तरीय प्रतियोगिता आजबाट सुरु भएको हो ।

खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन भएको र यो प्रतियोगिताबाट छनौट भएका खेलाडीले क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष लामाको सभाध्यक्षयतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न पालिकाका प्रमुखहरू लगायत खेलकुद क्षेत्रका पदाधिकारीसहित खेलाडी विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

यस्तै सोही अवसरमा जिल्ला खेलकुद विकास समितिले आधुनिक राष्ट्रिय मावि हेटौँडा–४ का प्रधानाध्यापक बिरबंश बैठालाई सम्मान गरेको छ । केही समय अघि मात्र एसियाकै उत्कृष्ट प्रधानाध्यापक घोषित हुनुभएका बैठालाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको हो ।

प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, सितेरियो करोत, तेक्वान्दो र उसु खेलका प्रतिस्पर्धा हुने छन् ।

कोभिडको कारण धेरै प्रतियोगिता छरितो बनाउन मार्सल आर्टको खेल सम्पन्न भइसकेको समितिले जनाएको छ ।

शनिवार भएको तेत्वान्दो खेलको छात्रतर्फ ४८ केजी समूहमा चन्द्रोय माविका रिमेश अधिकारी प्रथम र कैलाशको रत्न ज्योति माविका पासाङ थिङ द्वितीय भएका छन् ।

यस्तै ५१ केजीमा त्रिभुवन मावि हटियाका अभिषेक बानिया प्रथम,कालिका मावि कैलाशका रोशन मोक्तान द्वितीय, ५४ केजीमा सिद्धार्थ माविका युसुफ सेन प्रथम र रत्नज्योती माविका सुसन जिम्वा द्वितीय भएका छन् ।

यस्तै छात्रातर्फ ४६ केजीमा जनपृयकी रुमीसा राई प्रथम र कालिका माविकी सुस्मिता थिङ द्वितीय भएका छन् । ४२ केजीमा जनपृयकी कविना राई प्रथम तथा रत्न ज्योतिकी रचना बुलुन द्वितीय भएका छन् ।

यस्तै ४४ केजीमा आधुनिक माविकी त्रिष्मा व्लोन प्रथम र ज्योति मावि रोस्मि मोक्तान द्वितीय भएका छन् । यस्तै रुमिसा राई र निमेश अधिकारी उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

यस्तै सितेरियो करोतेमा ४५ केजीमा बालउज्वल माविकी सृष्टि घलान प्रथम,महेन्द्र मावि छतिवन कि दिक्षा कार्की द्वितीय, ५० केजीमा महेन्द्र छतिवनकी बविता तिमल्सिना प्रथम र बविता बलामी द्वितीय,४० केजीमा सलिना पाख्रिन ,उर्मिला थिंङ द्वितीय प्रभात मावि छतिवन भएका छन् ।

५२ केजी सुरेन्द्र रुम्वा प्रथम महेन्द्र किरण मावि हेटौडा, महेन्द्र मावि छतिवन प्रभावर भम्जन द्वितीय, ४७ केजीमा इवन वोडिंङ स्कुल थाहा नगरपालिका गौरव थापा प्रथम, भुटन देवी माविको आशिष् बानिया द्वितीय,४२ केजीमा महेन्द्र किरण हेटाँैडा अतित लामा प्रथम र महेन्द्र मावि छतिवनका द्वितीय भएका प्रशिक्षक नरेन्द्र श्रेष्ठले जनाएका छन् ।

यस्तै गौरव थापा मगर र सृष्टि घलान उत्कृष्ट खेलाडी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button