तपाईँ सुन्दै हुनुहुन्छः

बालबालिका सम्बन्धी ऐनको कार्यान्वयन गर्ने प्रतिबद्धता

जनकपुरधाम । धनुषा जिल्लामा बालबालिकाको सर्वोपरि हितका लागि स्थानीय तहले बालबालिकासम्बन्धी ऐनको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
जिल्ला समन्वय समिति धनुषाको आयोजना तथा राष्ट्रिय वाल अधिकार परिषद्को सहजिकरणमा बालबालिकासम्बन्धी ऐन २०७५ स्थानीय तहमा कार्यान्वयनको अवस्थासम्बन्धी आज जनकपुरधाममा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख, उपप्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतहरूले ऐनको कार्यान्वयनका लागि काम गर्ने प्रतिबद्धता प्रकट गर्नुभएको हो ।
उहाँहरूले बालबालिकाका क्षेत्रमा पालिकाहरूले गरेको कामकाजका विषयमा जानकारी दिँदै अगामी वर्षदेखि थप काम गर्ने प्रतिबद्धता प्रकट गर्नुभएको छ । स्थानीय स्तरमा वाल अधिकार समिति गठन गरेर वाल कल्याण कोष खडा गर्ने प्रतिबद्धता अन्तरक्रिया कार्यक्रममा प्रकट गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button