तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २६२७ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको मे ४ प ६७४८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मोटरसाइकल चालक अर्जुनधारा ५ बैंशाबाडीका ३८ वर्षीय रमाकान्त चौधरीको मृत्यु भएको हो ।
ओभरटेक गर्नेक्रममा बसमा ठोक्किई मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ७२८९ नम्बरको ट्रकमा ठोक्किएको थियो ।
ट्रक, ट्रक चालक इलाम देउमाई–६ रक्सेका ४२ वर्षीय निमा शेर्पा र बस, बस चालक मोरङ उर्लाबारी नगरपालिका–४ का ३० वर्षीय खड्कबहादुर भुजेललाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button