तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा दुई जनाको मृत्यु, सात घाइते

चितवन । चितवनको भरतपुर महानगरपालिका–१९ रामपुरमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
भरतपुरबाट शारदा नगरतर्फ जाँदै गरेको म्याजिक भ्यान आज बिहान अनियन्त्रित भई दुर्घटना हुँदा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button