तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस एक ढिक्का हुनुको विकल्प छैनः महामन्त्री कोइराला

File Photo

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अबको निर्वाचनमा नेपाली कांग्रेस एक ढिक्का भएर लाग्नुको विकल्प नभएको बताउनुभएको छ ।

नेपाली कांग्रेस रत्ननगर नगर समिति, चितवनले आज रत्ननगरमा आयोजना गरेको कार्यक्रममा महामन्त्री डा. कोइरालाले काँग्रेसका नेता कार्यकर्ता आआफ्नो स्थानबाट इमानदार भएर लागे देशमा कांग्रेस छाउने बताउनुभयो ।
महामन्त्री डा. कोइरालाले नेपाल कृषि प्रधान देश भएकाले काँग्रेसले आफ्नो सरकार बनाएर अब युवा लक्षित कृषि कार्यमा जोड दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button