तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीद्वारा घोडेजात्राको अवलोकन 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज टुँडिखेल जानुभई घोडेजात्राको अवलोकन गर्नुभएको छ ।
त्यस अवसरमा नेपाली सेनाको परमाधिपति समेत रहनुभएका राष्ट्रपति भण्डारीले म्युजिकल राईडरमा प्रथम र द्वितीय हुने क्रमशः सहसेनानी प्रवेश खड्का र उपसेनानी दिपीन थापा तथा शो जम्पमा प्रथम भएका सिपाही ओमप्रकाश यादव र द्वितीय जमदार जगदीश घिसिङलाई पुरस्कार प्रदान गर्नुभयो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश, सभामुख, मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, संवैधानिक निकायका प्रमुख, सुरक्षा अङ्गका प्रमुख एवं समाजका विभिन्न क्षेत्रका महानुभावहरू टुँडिखेल पुग्नुभएको थियो ।
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइँदै आएको परम्परा छ ।
घोडेजात्रा पर्व काठमाडौँ उपत्यकामा मात्र मनाइने परम्परा भएता पनि पछिल्लो समयमा यस पर्वले राष्ट्रिय पर्वकै रुपमा मान्यता पाएको छ ।
संस्कृतिको संरक्षण गर्न सङ्गठनले घोडेजात्राको दिन घोडाका कौशलपूर्ण एवं रोमाञ्चक कला प्रदर्शन गर्दै आएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button