तपाईँ सुन्दै हुनुहुन्छः

सहिद भूमिमा बिरामीलाई ५ हजारका दरले १ सय ९ जनालाई यातायात खर्च वितरण

धनकुटा ।सहिदभुमि गाउँपालिका विपत् तथा विपन्न आर्थिक साहायता कोष मार्फत दिर्घरोगी तथा अन्य बिरामी गरी १ सय ९ जनालाई यातायात खर्च वितरण गरेको छ ।

गाउँपालिकाले गाउँपालिका भित्रका कुनै पनि नागरिक स्वास्थ्य सेवा बाट बचिन्त हुन नदिने उद्देश्य सहित स्वास्थ्य सम्बन्धी सचेतना बढाउनका लागि वित तथा विपन्न आर्थिक साहायता कोष मार्फत जनहि रु ५ हजारका दरले आर्थिक सहयोग वितरण गरिरहेको गाउँपालिकाले जानकारी दिएको छ ।

आर्थिक सहायता कोष कार्यविधि २०७५ निमार्ण गरी उक्त कार्यविधि बमोजिम २०७५ साल देखि चालु आर्थिक वर्ष सम्ममा गाउँपालिका भित्रका अति विपन्न तथा दीर्घ रोगी र अन्य स्वास्थ्य समस्या भएका गरी जम्मा १ सय ९ जनालाई आर्थिक सहयोग गरेको गाउँपालिकाका उपाध्यक्ष रत्नश्वरी राईले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button