तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुग्नुभएको छ । उहाँ इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि कुराकानी गर्नका लागि त्यहाँ पुग्नुभएको बताइएको छ ।

उहाँ इरानमा तीन दिनसम्म रहनुहुने बताइएको छ । त्यस क्रममा उहाँले इरानका राष्ट्रपति हसन रौहानीसँग पनि भेटघाट गर्नुहुने बताइएको छ ।त्यस्तै उहाँले यहाँका उपराष्ट्रपति, इरानी संसदका सभामुख, संसदका पूर्व सभामुख लगायतका नेताहरुसँग पनि दक्षिण कोरिया र इरानको आपसी हितका साथै अरु द्धिपक्षीय विषयहरुमा वार्ता गर्नुहुने बताइएको छ ।

यस भ्रमणका क्रममा पछिल्लो समयमा केन्द्रीय बैंकको स्रोतमा लगाइएको प्रतिबन्धका विषयमा पनि कुराकानी हुने बताइएको छ । हालैको सो निर्णयले इरान र दक्षिण कोरियाको केन्द्रीय बैंकमा परेको असरका बारेमा कुराकानी हुने छ ।

प्रधानमन्त्री चुङले इरानमा रहँदा त्यहाँ रहेका कोरियाली बहुराष्ट्रिय कम्पनीहरुका प्रतिनिधिहरुसँग पनि कुराकानी गर्ने बताउनुभएको समाचारमा जनाइएको छ ।रासस, सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button