तपाईँ सुन्दै हुनुहुन्छः

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदिप गिरीले देशमा राजनीतिक संकटको अवस्थामा आउन नदिन राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले अहिलेको संकटको मुख्य दोषी प्रधानमन्त्री केपी शर्मा ओली भएको भन्दै पुनः संसद विघटन गर्न तिर नलागी प्रधानमन्त्रीले अहमभन्दा माथि उठेर निर्वाचनमा नै जने भए पनि राष्ट्रिय सहमतिका लागि पहल गर्न आग्रह गर्नुभयो ।

नेकपा एमालेमा सांसद मेटमणी चौधरीले किसानहरुमा भुमीको समस्या जटिल रुपमा रहेको र जमिनको विषयलाई लिएर विद्रोह हुन सक्ने भन्दै किसानको भुमी सम्बन्धी समस्य समयमा नै समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले सरकारले भर्खरै वितरण गरिरहेको विभुषणमा नेपालको चुच्चे नक्सा नभएको विषयमा हल्का ढंगले टिप्पणी गरेर सरकार पन्छिन नमिल्ने बताउनुभयो ।

बैठकको विशेष समयमा सांसदहरुले नागरिकता सम्बन्धी ऐन आउन ढिलाई हँुदा भइरहेको समस्या, देशमा महङ्गी बढिरहेका कारण जनता मारमा परिरहेको, देशका विभिन्न भागमा डढेलो र आगलागि बढिरहेका कारण जनधन र मानव स्वस्थ्यमा समस्या उत्पन्न भइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button