तपाईँ सुन्दै हुनुहुन्छः

वन्यजन्तु चोरी मुद्दाका फरार प्रतिवादी वर्षपछि पक्राउ

बर्दिया  ।  जिल्ला प्रहरी कार्यालय बर्दियाले वन्यजन्तु चोरी मुद्दाका फरार प्रतिवादीहरूलाई चार वर्षपछि पक्राउ गरेको छ ।
बर्दिया जिल्ला अदालत गुलरिया विसं २०७३ असार १६  गतेको फैसलाअनुसार रु ५ हजार जरिवाना भई हालसम्म सम्पर्कमा न आएका जिल्ला बर्दिया बासगढी नगरपालिका  वडा नंं. १ का ६३ वर्षीय तुल ब.बिक ४८ वर्षीय कौसल्या बिक, २९ वर्षीय राज थापा र ४७ वर्षीय  लिल बिकलाई पक्राउ गरेको हो ।
घरमै लुकिछिपी बसेको अवस्थामा  प्रहरी चौकी चेपाङ बर्दियाको प्रहरी टोलीले सोमवार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले  बताउनु भएको छ ।
पक्राउ परेका चारै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको शाही बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button