तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणबाट गण्डकी प्रदेशमा आज दुई जनाको मृत्यु

काठमाडौँ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट आज दुईको मृत्यु भएको छ । तनहुँ र कास्कीका एक/एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । ती पुरुषमा यही चैत २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कास्कीको पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको पनि चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उहाँमा चैत २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button