तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलबाट खस्दा एक महिलाको मृत्यु

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ ठाँटीटारस्थित पृथ्वीराज मार्गमा मोटरसाइकलबाट खसेर घाइते महिलाको ज्यान गएको छ ।
थर्पु बजारबाट छबिसेतर्फ जाँदै गरेको ग ७ प ५३२३ नं.को मोटरसाइकलमा सवार म्याग्दे गाउँपालिका–६ छबिसे निवासी ५५ वर्षिया सानुमाया सार्की मोटरसाइकलबाट खसेर घाइते हुनुभएको थियो ।
घाइते सार्कीको फेवा सिटी अस्पताल पोखरामा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button